प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथिको बहस अन्तिमतिर, सरकारी वकिलको बहस भोलि एक घण्टा मात्रै

 माघ २८, २०७७ बुधबार १९:१९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि बुधवार पनि सरकारी पक्षका वकिलहरूले बहस गरेका छन् । गएकाे माघ ४ गतेदेखि संवैधानिक इजलासमा बहस सुरु भएकोमा १९ गतेदेखि प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा सरकारको पक्षबाट वकिलले बहस गरिरहेका छन् । 

प्रतिनिधि सभा विघटनको पक्षको बहस अन्तिम चरणमा पुगेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बिहीवार एक घण्टामा बहस सक्न आग्रह गर्नुभएको छ । बुधवार १५ जना वकिलले बहस गरेका थिए । बहसमा वकिलहरूको नयाँ कुरा नआएपछि बुधवार केही वकिललाई दुई मिनेट मात्रै बहसको समय दिइएको थियो । 

अब बिहीवार एक घण्टा ओली पक्षका वकिलले बहस गर्नेछन् । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाको तर्फका वकिलले बहस गर्ने तयारी छ । त्यसपछि एमिकस क्युरीको बहस सुरु हुने सर्वोच्च अदालतले जनाएको छ । एमिकस क्युरीको बहस सकिएपछि अदालतले फैसला सुनाउने छ । 

गएकाे पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको खारेज र संसद् पुनर्स्थापनाकाे माग राखेर सर्वोच्चमा १३ वटा रिट परेका छन् ।  

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया