रामकुमारी झाँक्रीलाई सोधपुछका लागि प्रहरीले बोलायो

 माघ २९, २०७७ बिहिबार ११:३१:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपाको प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछका लागि प्रहरीले बोलाएको छ ।

प्रहरीले सोधपुछका लागि बोलाए पनि झाँक्रीले महानगरीय अपराध महाशाखा जान अस्वीकार गर्नु भएको छ ।  केही दिनअघि गोरखामा भएको कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर ओली समूहको अखिल नेपाल महिला सङ्घले झाँक्रीलाई कारबाही गर्न माग गरेपछि प्रहरीले सोधपुछका लागि बोलाएको हो ।

हिजो काठमाण्डौमा भएको प्रचण्ड–नेपाल समूहको आमसभामा झाँक्रीले आफूविरुद्ध लगाइएको आरोपको विरोध गर्नुभएको थियो ।
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया