प्रणय दिवसको अवसर पारेर चितवनको सौराहामा खाना महोत्सव हुने
माघ २६, २०८१ शनिबार
म्याग्दी – म्याग्दीका उज्यालो सहकर्मी प्रताप बानियाँ बिहीवार ‘मिडिया सोसाइटी अवार्ड’द्वारा सम्मानित हुनुभएको छ । बानियाँ म्याग्दी मिडिया सोसाइटीको चौँथो वार्षिक साधारण सभाको अवसरमा सोसाइटीद्वारा स्थापित मिडिया अवार्डबाट सम्मानित हुनुभएको हो ।
सहकर्मी बानियाँलाई म्याग्दीमा रहेर विगत एक दशकदेखि सञ्चारमाध्यममार्फत जिल्लाको पर्यटन, कृषि, विकास निर्माण, जलविद्युत, शिक्षा, स्वास्थ्यलगायत मिडिया सोसाइटीको संस्थागत विकासमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै सम्मान गरिएको म्याग्दी मिडिया सोसाइटीले जनाएको छ ।
म्याग्दी मिडिया सोसाइटीका अध्यक्ष कमल खत्री र संस्थापक सदस्य एवम् नागरिक समाज म्याग्दीका संयोजक सुदर्शनकुमार श्रेष्ठले सहकर्मी बानियाँलाई दोसल्ला ओढाएर नगद सात हजार एक सय पचास रुपैयाँसहित सम्मानपत्रले सम्मान गर्नुभयो । जिल्लाको बेनी नगरपालिका–५, चिप्लेटी स्थायी घरभएर अहिले बेनीबजारमा बसेर पत्रकारिता गर्दै आइरहेका बानियाँ स्थानीय रुप्से दैनिक पत्रिकामा सहसम्पादकको रुपमा कार्यरत हुनुहुन्छ ।
नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा म्याग्दीका कार्यसमिति सदस्य समेत रहनुभएका सहकर्मी बानियाँले उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन डटकमका लागि हिमाली जिल्ला म्याग्दी र हिमालपारिको जिल्ला मुस्ताङको समेत समाचारहरु सम्प्रेषण गर्दै आइहनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।