रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न प्रचण्ड–नेपाल समूहकाे माग

 माघ २९, २०७७ बिहिबार १५:१२:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले नेतृ रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्तिमार्फत बोलेकै भरमा कुनै पनि व्यक्तिलाई पक्राउ गर्नु राज्यको मनलाग्दी कार्य भएको र यसले कानुनी शासनको खिल्ली उडाएको बताउनुभएको छ ।

राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर पूर्वाग्रह र स्वेच्छाचारिता भएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको हकलाई राज्यले खोस्न नमिल्ने भन्दै  पक्राउको निन्दा तथा भत्सर्ना गरिएको छ ।

‘नेपालकाे संविधानले प्रत्याभूत गरेकाे अभिव्यक्ति स्वतन्त्रताकाे खिल्ली उडाउँदै गरिएकाे यस गिरफ्तारीले वर्तमान सरकारकाे घाेर अलाेकतान्त्रिक, निरङ्कुश र सर्वसत्तावादी चरित्रलाई उदाङ्गाे पारेकाे छ’, विज्ञप्तिमा भनिएकाे छ ।   

केही दिनअघि गोरखामा भएको कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको भन्दै पक्राउ गरिएको हो ।    

राष्ट्रपति र प्रधानमन्त्रीको आलोचना गरेकै भरमा राज्य विरुद्धको आरोप लगाएर पक्राउ गर्नु गलत भएको भन्दै विभिन्न दलका नेता र कानुनविद्ले सरकारको विरोध गरेका छन् ।   

अन्तिम अपडेट: चैत २०, २०८०

1 Comments

  • Ram Hari

    June 20, 2022, 11:22 p.m.

    कसैलाई केको चिन्ता, कसैलाई केको चिन्ता, मुसालाई खानको चिन्ता!!:👉️

  •  0 Reply

तपाईको प्रतिक्रिया