रामकुमारी झाँकी पक्राउको विरोधमा प्रचण्ड–नेपाल समूहको र्‍याली

 माघ २९, २०७७ बिहीबार १७:७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बिहीवार दिउँसाे पक्राउ परेकी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीको रिहाइका लागि विभिन्न सङ्गठनले विरोध र्‍याली निकालेका छन् ।

प्रचण्ड–नेपाल समूहको अनेरास्ववियु, युवा सङ्घलगायतका सङ्गठनको अगुवाइमा माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध र्‍याली निकालिएको हो । र्‍यालीका सहभागीहरूले नेतृ झाँक्रीको रिहाइको माग गर्दै सरकारविरुद्ध चर्का नारा लगाएका छन् ।

राष्ट्रपति विद्यादेवि भण्डारीलाई गालीगलौज गरेको भन्दै महानगरीय अपराध महाशाखाले बिहीवार दिउँसो रामकुमारी झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेकाे भन्दै पक्राउ गरेको छ ।

केही दिनअघि गोरखामा भएको कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको भन्दै पक्राउ गरिएको हो ।    

राष्ट्रपति र प्रधानमन्त्रीको आलोचना गरेकै भरमा राज्य विरुद्धको आरोप लगाएर पक्राउ गर्नु गलत भएको भन्दै विभिन्न दलका नेता र कानुनविद्ले सरकारको विरोध गरेका छन् ।    

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया