वीरगञ्जमा भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप : दुई जना प्रहरी घाइते

 माघ ३०, २०७७ शुक्रबार १२:२८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर: रासस

पर्सा - वीरगञ्जमा भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप हुँदा दुई जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

नेपालतर्फ पर्ने ओरिया खोलामा बालुवा लिन आएका भारतीयलाई रोक्ने क्रममा झडप भएको प्रहरीले जनाएको छ । झडपमा सशस्त्र प्रहरीका आयुष राय यादव र नरेश यादव घाइते भएका पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो ।

उहाँहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ । दुवैजनाको अवस्था सामान्य रहेको तामाङले जानकारी दिनुभयो । नेपालतर्फ पर्ने ओरिया खोलामा बालुवा उत्खनन् गरेर लैजाँदै गरेको भारतीय ट्र्याक्टरलाई नियन्त्रणमा लिने क्रममा झडप भएको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो । अहिले त्यस ठाउँको अवस्था सामान्य भइसकेको छ ।

पर्साको जगरनाथपुर गाउँपालिकाको पिपडारीमा पर्ने ओरिया खोलाबाट वर्षेनि भारतीय बालुवा तस्करले बालुवा उत्खनन् गरेर लैजाने गरेका छन् । ओरिया खोलामा वर्षौँदेखि नेपाली भूमिमा प्रवेश गरी नदिजन्य पदार्थ उत्खनन् गरी लैजाने गरे पनि सुरक्षा निकायले रोक्न सकेकाे छैन । जसका कारण भारतीय बालुवा तस्करसँग पटक-पटक विवाद र झडप हुने गरेको छ । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया