आज २६ औं‌ जनयुद्ध दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै

 फागुन १, २०७७ शनिबार ८:३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज २६ औं जनयुद्ध दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।

२०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको दिनको स्मरणमा तत्कालीन माओवादीहरुले जनयुद्ध दिवस मनाउँदै आएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले आज जनयुद्ध दिवस भव्यरुपमा मनाउने निर्णय गरेको छ ।

सहिद स्मृति तथा सम्मान कार्यक्रमको ब्यानरमा दिवस भव्यरुपमा मनाउन सबै तहमा आग्रह गरिएको नेकपाको प्रचण्ड–नेपाल समूहले आग्रह गरेको छ । बिहान ९ बजे पार्टी कार्यालय पेरिसडाँडामा सहिदहरुप्रति सम्मान कार्यक्रम राखिएको नेकपाका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । 

नयाँ जनवादी क्रान्तिको लक्ष्यसहित बन्दुक उठाएको माओवादीले २०६३ मंसिर ५ गते हतियार बिसाएको थियो । रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकी तथा सरकारी बैंकमा एकसाथ आक्रमण गरी सशस्त्र युद्ध सुरु भएको थियो । १० वर्षसम्म चलेको युद्धमा राज्य र विद्रोही दुवै पक्षबाट १३ हजारभन्दा धेरै व्यक्ति मारिएका थिए । 

हजारौँ व्यक्ति घाइते र अङ्गभङ्ग भएका थिए । विस्तृत शान्ति सम्झौतासँगै शान्तिपूर्ण राजनीतिमा आएको झण्डै १५ वर्ष बितिसक्दा पनि नेताहरुले गरेका बाचा पूरा नगरेको भन्दै आमनागरिक र कार्यकर्ता निराश बनेका छन् ।

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया