प्रणय दिवसको अवसर पारेर चितवनको सौराहामा खाना महोत्सव हुने
माघ २६, २०८१ शनिबार
रसुवा - रसुवामा शुक्रवार बेलुकी मोटरसाइकल दुर्घटनामा परेका प्रहरी जवानको ज्यान गएको छ ।
माेटरसाइकल दुर्घटनामा परेका चितवनका ३० वर्षीय इन्द्रप्रसाद अर्यालकाे ज्यान गएकाे हाे । रसुवाको कालीका गाउँपालिका–१, राम्चेबाट अस्थायी प्रहरी चौकी ग्राङ फर्कने क्रममा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी हवल्दार राजेन्द्र लामा र अर्याल दुर्घटना परेका थिए ।
दुर्घटना लगत्तै नुवाकोटमा रहेकाे त्रिशूली अस्पतालमा पुर्याइएका उनको उपचारको क्रममा शनिवार बिहान ज्यान गएको हो । प्रदेश-३ ००१ प ३३७५ नम्बरको मोटरसाइकल राम्चेमा रहेकाे सडकबाट करिब २० मिटर तल पुगेको थियो।
घाइते भएका प्रहरी हवल्दार लामाको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।