बुटवल–पाल्पा जोड्ने लुम्बिनी केबलकारको शिलान्यास

 फागुन १, २०७७ शनिबार १५:५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलदेखि पाल्पाको तिनाउ बसन्तपुर जोड्ने लुम्बिनी केबलकार परियोजनाको शिलान्यास गर्नुभएको छ । केबलकारको स्टेशन रहने बुटवलको गोलपार्क बमघाटमा प्रधानमन्त्रीले परियोजनाको शिलान्यास गर्नुभएको हो ।

तीन किलोमिटर लामो केबलकारको यात्रापछि पुगिने  पाल्पाको बसन्तपुर डाँडामा सुविधासम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण हुनेछन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले आयोजना अगाडि बढाउन सरकारको तर्फबाट पूर्ण सहयोग हुने बताउनुभयो । 

कोभिडले देशको पर्यटन क्षेत्रलाई पुगेको धक्कालाई समेत यस परियोजनाले सहयोग पुर्याओस् भन्ने आफ्नो शुभकामना रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी केबलकार प्रालिका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुटवल–वसन्तपुर क्षेत्रलाई नेपालको एक ऐतिहासिक तथा पर्यटकीय संगमस्थल सहितको गन्तव्यका रुपमा विकास गर्ने प्रयत्न स्वरुप आयोजना सुरु गरेको बताउनुभयो । 
 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया