निर्मला र भागरथीका हत्यारालाई पानीमुनि गए पनि छाड्दैनौँ : ओली

 फागुन १, २०७७ शनिबार १६:५१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टका हत्यारा छिट्टै पक्राउ पर्ने बताउनुभएको छ । बुटवलमा भएको आमसभामा ओलीले निर्मला र भागरथीको बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई कुनै हालतमा पनि पक्राउ गरेरै छाड्ने बताउनुभयो । 

‘हत्यारालाई पानी मुनि गए पनि छोडिने छैन, विश्वका कुनै पनि कुनामा भागेर गएको भए पनि छाडिने छैन, केहि समयभित्रै हत्याराहरु पक्राउ पर्नेछन्,’ ओलीले भन्नुभयो ।

हत्याराहरु दुई/चार दिन भागे पनि एक वर्ष कतै लुके पनि पक्राउ गरेरै छाड्ने र उनीहरुको सजाय नघट्ने प्रधानमन्त्री ओलीकाे दाबी छ । 
 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • बिपिन कुमार यादव

    Feb. 14, 2021, 6:57 a.m.

    निर्मला बहिनीको हत्या भाको 2 वर्ष भइस्कयो अहिले सम्म हत्यारा को हो पत्ताा लगाउन सकेन यो गफाडी र निकम्मा सरकारले अब यस्तो दिन पनि आउन सक्छ कि देश्का राजनीति दाल र नेताले हत्याराा, बलात्कारकी र गुण्डा जस्ता अपराधीहरू पत्ता लाउने समात्ने जस्ता काम पनि चुनावी एजेन्डा बनाउने छ्न।

  •  0 Reply

तपाईको प्रतिक्रिया