निर्वाचन आयोगले चुनावको आचारसंहिता सम्बन्धमा राजनीतिक दलसँग छलफल गर्दै

 फागुन २, २०७७ आइतबार ११:१९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - निर्वाचन आयोगले चुनावको आचारसंहिताको विषयमा राजनीतिक दलसँग छलफल गर्दैछ ।

आचारसंहिताको मस्यौदा तयार पारिसकेको आयोगले दलहरुसँग परामर्श गर्दै सुझाव लिन लागेको हो । बिहान ११ बजेदेखि छलफल गर्न दलहरुलाई बोलाइएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो । दलहरूको सुझावपछि आयोगले आचारसंहिताबारे थप निर्णय गर्नेछ ।

आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिसकेको छ । आयोगले दुई दलहरुलाई अध्ययनका लागि मस्यौदाको एक  प्रति पठाइसकेको छ । गएको पुस ५ गते प्रतिनिधिसभा भङ्ग गर्दै सरकारले वैशाख १७ र २७ गते चुनाव गर्ने मिति तोकेको छ । त्यहीअनुसार निर्वाचन आयोगले तयारी थालेको हो ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया