नेपालमा थप १२ जनामा कोरोना भाइरसको फरक रूप देखियो,  'जिन सिक्वेन्सिङ' नेपालमै गर्ने तयारी

 फागुन २, २०७७ आइतबार १७:४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा थप १२ जनामा कोरोना भाइरसको फरक रूप देखिएको छ । यसअघि बेलायतबाट नेपाल आएका तीन जनामा बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरस 'यूके भेरिएन्ट' को सङ्क्रमण पुष्टि भएकोमा उनीहरूको सम्पर्कमा रहेका १२ जनामा कोरोना भाइरसको नयाँ रूप देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

ती १२ जनाको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अनुवांशिक (जिन सिक्वेन्सिङ) गर्ने तयारी थालिएको पनि डा. गौतमले जानकारी दिनुभयो । उनीहरू सबैको अवस्था सामान्य रहेको महाशाखाले जनाएको छ । 
कोरोनाको नयाँ प्रजाति अहिलेसम्म खतरनाक नदेखिएकाले नआत्तिन पनि निर्देशक पौडेलले जानकारी दिनुभयो ।

अहिले नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या तथा आईसीयू र भेन्टिलेटरमा भर्ना हुनेको सङ्ख्यासमेत घटेकाले आत्तिनुनपर्ने उहाँको भनाइ छ ।   

कोराेनासँग लड्ने प्रतिरोधात्मक क्षमतामा के छ ? अन्य देश र नेपालमा भएको भाइरस कस्तो हो ? लगायतका बारेमा थाहा पाउन जिन सिक्वेन्सिङ गर्नुपर्ने हुन्छ ।  

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया