पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष घोषणाको ...
माघ २६, २०८१ शनिबार
काठमाण्डौ – पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आजदेखि क्वाटरफाइनलको खेल शुरू हुँदैछ।
पहिलो क्वाटरफाइनलमा आज विभागीय टोली नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब युकेले खेल्दैछन् । खेल पोखरा रङ्गशालामा दिउँसो २ बजे शुरू हुनेछ ।
यसअघि हिजो भएको अन्तिम प्रि–क्वाटरफाइनलको खेलमा दुई पटकको विजेता सङ्कटा क्लबलाई हराउँदै भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड अन्तिम आठमा पुग्यो ।
सङ्कटा थन्डरबोल्टसँग ३–१ ले पराजित भयो । योसँगै तीन वटा पूर्व विजेता टोली आयोजक सहारा क्लब, एपीएफ र सङ्कटा यस पटकको पोखरा गोल्डकपबाट बाहिरिसकेका छन् ।
थन्डरबोल्टले क्वाटरफाइनलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीसँग खेल्नेछ । ब्ल्याक बुल्स हिजो नेपाल आइपुगेको छ ।
२४ औं संस्करणको पोखरा गोल्डकपको फाइनल खेल आउँदो फागुन ३ गते हुनेछ । प्रतियोगिताको विजेताले १२ लाख १ हजार रुपैयाँ र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।