सरकार गठनको तीन वर्ष पूरा

 फागुन ३, २०७७ सोमबार ७:२८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठनको तीन वर्ष पूरा भएको छ । राजनीतिक स्थिरता, समृद्धि र सुशासनको नारासहित २०७४ फागुन ३ गते ओली नेतृत्वको सरकार गठन भएको थियो ।

आफ्नो नेतृत्वको सरकारले स्थिरता, विकास र सुशासनमा चमत्कारपूर्ण काम गरेको प्रधानमन्त्रीको दाबी छ । तर सरकारका काममाथि विभिन्न प्रश्न उठ्न थालेका छन् ।  पार्टीभित्र उत्पन्न विवादकै कारण प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि उहाँले अघि सार्नुभएको राजनीतिक स्थिरिताको नारामै प्रश्न उठेको छ । यस्तै शक्तिशाली सरकार भए पनि विकास निर्माणका काम सन्तोषजनक नभएको गुनासो छ । 

तत्कालीन वाम गठबन्धनले ल्याएको चुनावी घोषणापत्रमा उल्लेख भएका धेरै काम सुरु समेत हुन सकेको छैन । रेल, पानीजहाज लगायतका महत्वाकांक्षी योजनाहरु घोषणामै सीमित छन् । तै पनि सरकारले यसअघि कहिल्यै हुन नसकेको विकास निर्माण र सुशासनको काम भएको दाबी गरेको छ ।

यसबीचमा सडक निर्माणको कामलाई लिएर भने नागरिकले पनि सरकारको प्रशंसा गरेका छन् । नियमित काम नै भए पनि सडक विस्तार तथा सुधारको काम राम्रो भएको राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतमले बताउनुभयो । तर गर्न सक्ने काम पनि सरकारले गर्न नसकेको उहाँको भनाइ छ ।

तीन वर्षमा भएको कामबारे प्रधानमन्त्री ओलीले आज सिंहदरबारबाट ब्रिफिङ गर्ने तयारी गर्नुभएको छ । 
 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया