चीनले भारतसँगको सीमा क्षेत्रमा बनाएको हेलिप्याड हटायो

 फागुन ४, २०७७ मंगलबार ११:१४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चीनले पूर्वी लद्दाखमा भारतसँगको सीमा क्षेत्रमा बनाएको हेलिप्याड नष्ट गरेको छ ।

गएकाे वर्ष भारत र चीनबीच तनाव बढेका बेला चीनले बनाएको हेलिप्याड चीनले नै नष्ट गरेको बीबीसी हिन्दीले जनाएको छ । चीनले पेङ्गोङ्ग झरनाको उत्तरी किनारमा हेलीप्याड र अरु संरचना बनाउनुको साथै अस्थायी किल्ला पनि तयार गरेको थियो ।

चीन र भारतबीच भएको सीमा विवाद समाधानको सहमति भएपछि चीनले सीमा क्षेत्रका संरचना नष्ट गर्न थालेको बीबीसीको खबरमा उल्लेख छ । गएको बुधवार भारत र चीनबीच सीमामा सैनिक उपस्थिति घटाउन प्रकृया सुरू गर्ने सहमति भएको थियो ।

सहमतिपछि दुवै देशका सैनिक पुरानै ठाउँमा फर्कन थालेका हुन् । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया