भारतको जीटीए दार्जिलिङलाई हराउँदै इटहरीको राष्ट्रिय जागृति क्...
पुस २, २०८१ मंगलबार
काठमाण्डाै – महिला कानुन व्यवसायीहरूले भागरथी भट्ट घटनाको प्रभावकारी अनुसन्धान गरी अपराधीलाई कारबाही गर्न माग गर्दै गृह मन्त्री रामबहादुर थापा समक्ष ज्ञापनपत्र बुझाएका छन् ।
नेपाल बार एसाेसिएशन महिला समितिका पदाधिकारीहरूले मङ्गलबार गृह मन्त्री थापालाई भेट गरी बैतडीको दोगडाकेदार–३ मा भागरथी भट्टलाई बलात्कार गरी हत्या गर्नेमाथि अनुसन्धान गरी कानुनी कारबाहीको दायरामा ल्याउन र पीडित तथा उनका परिवारलाई न्याय दिलाउन माग गरेका हुन् ।
नेपाल बार एसाेसिएशनकी उपाध्यक्ष एवं नेपाल बार एसाेसिएशन महिला समितिकी अध्यक्ष अधिवक्ता रक्षा बस्यालले भागरथीको सम्बन्धमा घटेको घटनालगायत देशव्यापीरूपमा भएका बलात्कारका घटनाहरूको सुक्ष्म अध्ययन गरी अपराधीलाई कानुनी कारबाही गर्न माग गरिएको बताउनुभयो । भेटमा गृह मन्त्री थापाले भागरथी घटनाको अनुसन्धान अपराधीको नजिक पुगेको र अपराधीहरू छिट्टै पक्राउ पर्ने विश्वास दिलाउन कोसिस गर्नुभएको अध्यक्ष बस्यालले बताउनुभयो ।
महिला कानुन व्यवसायीहरूले निर्मला पन्तको घटनामा जस्तो कमजोर अनुसन्धान नगर्नसमेत गृहमन्त्री थापा समक्ष माग गरेका छन् । उनीहरूले बालबालिका तथा महिलाहरूमाथि भइरहेको शृङ्खलाबद्ध बलात्कारको घटना, बलात्कारपछिको हत्याका बारेमा समेत चिन्ता व्यक्त गरेका छन् ।
बलात्कारीलाई कानुनी कारबाहीभित्र ल्याउनुको सट्टा बलात्कारी र हत्यारा पत्ता लगाउनै नसक्नुले राज्य संयन्त्र नागरिकको जीवन रक्षाको दायित्वप्रति लापर्बाह बनेकाे पुष्टि भएको महिला कानुन व्यवसायीहरूले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।