सपना रोका मगरलाई धम्काउने विनयजङ्ग बस्नेत पक्राउ

 फागुन ४, २०७७ मंगलबार १८:२२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बीबीसीको प्रभावशाली एक सय महिलाको सूचीमा पर्न सफल सपना रोका मगरलाई धम्काएको आरोपमा प्रहरीले विनयजङ्ग बस्नेतलाई पक्राउ गरेको छ ।

बस्नेतलाई नयाँ बसपार्कबाट पक्राउ गरेर महानगरीय प्रहरी परिसर टेकु ल्याइएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले उज्यालोलाई जानकारी दिनुभयो ।

विनयजङ्गले सपना रोका मगरका नग्न तस्बिर र भिडिओ आफूसँग भएको र ती तस्बिर तथा भिडिओ सार्वजनिक गरिदिने धम्की दिँदै आएका थिए । सपनाले आइतबार बस्नेतविरुद्ध प्रहरीमा उजुरी दिनुभएको थियो ।

सपना र विनजयजङ्ग दुवैले बेवारिसे शव जलाउने समाजसेवाको काम गर्दै आएका छन् । सपनाले विनयजङ्गलाई ‘बुबा’ भन्दै आए पनि पछिल्लो समय उनीहरुको सम्बन्धमा दरार आएको थियो ।  

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया