बैतडीमा प्रधानमन्त्री ओलीका कार्यकर्ताले आक्रमण गरेको कांग्रेसको आरोप

 फागुन ४, २०७७ मंगलबार १९:४७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

बैतडी – बैतडीमा नेपाली कांग्रेस र प्रधानमन्त्री केपी शर्मा ओली समूहका कार्यकर्ताबीच झडप भएको छ । डिलाशैनी गाउँपालिकामा केन्द्रीय सदस्य एनपी साउद सहभागी कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली समूहका कार्यकर्ताले एक्कासी आक्रमण गरेका कांग्रेसले आरोप लगाएको छ ।

ओली पक्षका कार्यकर्ताले नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय एनपी साउद र डिला सङ्ग्रौला, बैतडीका सभापति नरेन्द्रजङ्ग थापा, नेविसङ्घका पूर्वसभापति नैनसिंह महरलगायत सहभागी कार्यक्रममा ढुङ्गामुढा गर्दा केही नेता घाइते भएका कांग्रेसले जनाएको छ । ओली समूहका कार्यकर्ताले नेताहरू चढेको गाडीमा समेत तोडफोड गरेका कांग्रेसको आरोप छ ।

घटनाको बारेमा अनुसन्धान भइरहेको बैतडीका प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायणप्रसाद अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो । घटनामा तीन जना सामान्य घाइते भएको पनि उहाँले बताउनुभयो ।

यसैबीच कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत घटनाको निन्दा गर्दै सत्तामै रहेको पार्टीबाट भएको यो आक्रमणमा केन्द्रीय नेतृत्वकै शैली देखिएको बताउनुभएको छ । उहाँले डिलाशैनी घटनाका दोषीहरूलाई तत्काल पक्राउ गरेर कारबाही गर्न पनि माग गर्नुभएको छ ।  

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया