प्रणय दिवसको अवसर पारेर चितवनको सौराहामा खाना महोत्सव हुने
माघ २६, २०८१ शनिबार
काठमाण्डाै – सरकारले भारतको कोरोना भाइरसविरुद्धको खोप उत्पादक कम्पनीको सर्त अनुसार नै अग्रिम भुक्तानी गरेर कोभिसिल्ड खोप खरिद गर्ने निर्णय गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरसविरुद्धको २० लाख डोज खोप खरिदका लागि भारतको सेरम इन्स्टिच्युट कम्पनीलाई अग्रिम भुक्तानी दिने निर्णय गरेको हो । अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोनाविरुद्धको भ्याक्सिन उत्पादन गरिरहेको सेरम इन्स्टिच्युट कम्पनीले खोपको रकम सुरुमै भुक्तानी गर्नुपर्ने सर्त राखेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खरिद ऐन र नियमावली अनुसार अग्रिम भुक्तानी गर्न नसक्ने भएपछि बाधा अड्काउ फुकाउन मन्त्रिपरिषदमा प्रस्ताव गरेको थियो । मन्त्रालयको यो प्रस्तावलाई पास गर्दै मन्त्रिपरिषदले खोप खरिदका लागि अग्रिम रकम भुक्तानीको बाटो खुला गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनुभयो ।
फेब्रुअरी महिनाभित्र १० लाख र मार्चभित्र बाँकी १० लाख डोज खोप ल्याउने सरकारको तयारी छ । सुरुमा सेरम इन्स्टिच्युटले प्रति डोज ४ डलर ४ सेन्टमा खोप उपलब्ध गराउने बताए पनि नेपालले प्रतिडोज ४ डलरमा उपलब्ध गराउन पहल गरे पछि सेरम सहमत भएको थियो । यो निर्णयसँगै नेपाल प्रतिडोज ४ डलरमा २० लाख डोज खोप खरिद गर्न ८० लाख डलर कम्पनीलाई पहिल्यै भुक्तानी गर्नुपर्ने हुन्छ ।
उत्पादक कम्पनीलाई खोप खरिदका लागि सुरुमा ८० प्रतिशत अग्रिम भुक्तानी दिने र त्यसपछि प्रतितपत्र (एलसी) खोलेर सामान लोड हुनेबेला बाँकी २० प्रतिशत भुक्तानी दिने परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।