विद्यार्थीलाई पाइपले कुट्ने शिक्षक पक्राउ

 फागुन ५, २०७७ बुधबार १६:१२:३१ | हेमराज शर्मा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

दाङ – परीक्षामा नम्बर कम ल्याएको भन्दै कक्षाकोठामा विद्यार्थीलाई कुट्ने एक शिक्षकलाई प्रहरीले पक्राउ गरेकाे छ । दाङकाे देउखुरीको राजपुर गाउँपालिका ७ मा रहेकाे माध्यमिक विद्यालय सिक्टाका शिक्षक हेमराज विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शिक्षक विकलाई पक्राउ गरेर बालबालिका ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी नायब निरीक्षक मीनबहादुर शाहीले जानकारी दिनुभयो ।

विद्यार्थीका अभिभावकको किटानी जाहेरीका आधारमा पक्राउ गरिएको र अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

झण्डै दुई हप्ताअघि शिक्षक विकले गणित विषयमा शून्य नम्बर ल्याएको भन्दै विद्यार्थीलाई पाइपले कुटेको भिडियो सार्वजनिक भएको थियो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया