उपत्यकामा दैनिक तीन करोड लिटर खानेपानी थपियाे

 भदौ ३, २०७५ आइतबार ६:४७:३४ | रासस
unn.prixa.net

काठमाडौं – उपत्यकाको खानेपानी वितरण सञ्जालमा दैनिक तीन करोड लिटर पानी थप भएको छ ।  सुन्दरीजलमा बनेको नयाँ प्रशोधन केन्द्रबाट बागमतीको पानी थपेर वितरण गर्न थालिएको हो ।

उपत्यकाका ७० हजार धारामा थप पानी जाने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । पानी वितरणको शुरुवात गनुहुँदै सभामुख कृष्णबहादुर महराले पानीको अभावमा रहेका उपत्यकाका बासिन्दाका लागि राहत मिल्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “धेरै नागरिक अझै स्वच्छ खानेपानीको पहुँच बाहिर छन् । संविधानको मौलिक हकका रुपमा स्थापित स्वच्छ खानेपानीको अधिकार सुरक्षित गर्न सरकारले ध्यान दिनुपर्छ ।” 

खानेपानीमन्त्री विना मगरले यसअघि हप्तामा एक दिन दुई घण्टा पानी वितरण गरिएकाेमा हप्तामा पाँच दिन दुई घण्टा पानी दिइने प्रतिबद्धता जनाउनुभयो । उहाँले लिमिटेडका दुई लाख ७० हजार धारामा पानी दिन पहल गरिने बताउनुभयो । 

मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको पानी प्रशोधन गरी वितरण हुने बताउनुभयो । निर्देशनालयका आयोजना निर्देशक तिरेशप्रसाद खत्रीले थपिएको पानीले दैनिक आठ लाख ४० हजार जनता लाभान्वित हुने बताउनुभयो । 
 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया