नेविसङ्घकाे प्रदर्शन : ‘भविष्यको कर्णधारले भविष्यमा नै हो त खोप पाउने ?’

 फागुन ६, २०७७ बिहिबार १६:२५:८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – कोभिड–१९ (काेराेना भाइरस) विरुद्धको खोपको पहिलो अधिकार विद्यार्थीलाई दिइनुपर्ने माग गर्दै नेपाल विद्यार्थी सङ्घले बिहीवार काठमाण्डाैकाे माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । 

विद्यालय र क्याम्पसहरू खुलेका कारण विद्यार्थीहरूलाई कोरोनाको जोखिम बढेको भन्दै नेपाल विद्यार्थी सङ्घले विद्यार्थीहरूलाई प्राथमिकतामा राखेर कोरोनाविरुद्धको खोप दिनुपर्ने माग गरी प्रदर्शन गरेको हो ।

नेपाल विद्यार्थी सङ्घका महामन्त्री दीपक भट्टराईले सरकारले विद्यार्थीहरूलाई प्राथमिकताका साथ कोरोनाविरुद्धको खोप नदिए सडक आन्दोलन गर्ने बताउनुभयो । विद्यार्थीहरूलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउन माग गर्दै पहिलो चरणमा शान्तिपूर्ण रूपमा प्रदर्शन गरी सरकारको ध्यानाकर्षण गराएको महामन्त्री भट्टराईले बताउनुभयो ।

विद्यार्थीहरूले ‘नेपाल विद्यार्थी सङ्घको सरोकार, विद्यार्थीलाई कोभिड–१९ भ्याक्सिनको पहिलो अधिकार’ लेखिएको ब्यानरसहित प्रदर्शन गरेका थिए । विद्यार्थीहरूले ‘अबको खोप हाम्रो हो’, ‘विद्यार्थीले लाउने खोप कहिले आउने’, ‘नेविसङ्घको सरोकार हाम्रो खोप हाम्रो अधिकार’, ‘अबको खोप विद्यार्थीको अधिकार’ लगायतका नाराबाजीसमेत गरेका थिए । 

यस्तै ‘विद्यार्थी नै हो यो देशको आधार, अबको खोप हाम्रो अधिकार’, ‘भविष्यको कर्णधारले भविष्यमा नै हो त खोप पाउने ?’, ‘खोपको अधिकार सबैलाई’ लगायत लेखिएको विभिन्न प्लेकार्डसमेत बोकेका थिए । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया