सरकारले हाेटलहरूलाई सङ्केत चिह्न प्रदान गर्ने

 फागुन ६, २०७७ बिहीबार १७:३८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले होटल, रिसोर्ट तथा बुटिक होटलको पहिचानलाई स्थापित गर्न सङ्केत चिह्नकाे रूपमा तारा (स्टार) चिह्न निर्धारण गर्ने भएको छ ।

होटलले दिने सेवा, गुणस्तर, क्षमतालगायतका विषयलाई हेरेर स्तर निर्धारण गरी सङ्केत चिह्न प्रदान गर्ने र त्याे सङ्केत चिह्नलाई सेवाग्राहीले स्पष्टसँग देख्न सक्ने गरी राख्नुपर्ने व्यवस्था गर्न लागिएको पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले बताउनुभयो ।

सङ्केत चिह्नमा सबैभन्दा माथि सरकारको लोगो, बीचमा होटलले प्राप्त गरेको तारा अथवा चिह्न रहने छ भने सबैभन्दा तल होटलको नाम रहने छ । यस्तो सङ्केत चिह्न निश्चित साइजको हुनेछ । सबै स्तरका रिसोर्ट, तरा स्तरका होटल तथा सबै स्तरका बुटिक होटलले आफ्नो प्रवेशद्वारमा सम्बन्धित पालिकाले तोकेको आकारमा होटल/रिसोर्टको बनाेटअनुसार सजिलै देखिने गरी तोकिएको सङ्ख्याका तारा चिह्न अर्थात् प्राप्त गरेको सङ्केत चिह्नसहितको साइनबोर्ड राख्नुपर्ने पनि महानिर्देशक तामाङले बताउनुभयो ।

पर्यटन विभाग तथा अन्तर्गतका कार्यालयबाट पर्यटक स्तरको होटलमा स्तर वर्गीकरण भएका र अहिले प्रदेश सरकारको सम्बन्धित निकायबाट पर्यटक स्तरको होटलमा स्तर वर्गीकरण भएका सबै होटलको हकमा गोलाकार रेखाभित्र रातो रङ्गमा TS लेखिएको चिन्हलाई संकेत चिन्हको रुपमा निर्धारण गरिने पनि महानिर्देशक तामाङले बताउनुभयो ।

यस्तै मोटल होटलको हकमा गोलाकार रेखाभित्र रातो रङ्ग  र पर्यटक इनको हकमा गोलाकार रेखाभित्र रातो रङ्गमा i लेखिएको चिन्हलाई संकेत चिन्हको रुपमा निर्धारण गर्ने भएको छ । बेड एण्ड ब्रेकफास्टको हकमा गोलाकार रेखाभित्र रातो रङ्गमा B&B लेखिएको चिन्हलाई संकेत चिन्हको रुपमा निर्धारण गरिने भएको छ ।  

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया