प्रचण्ड–माधव समूहले मानव साङ्लाे बनाएर टुँडिखेल घेर्‍याे

 फागुन ६, २०७७ बिहीबार १९:५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव समूहले काठमाण्डाैकाे टुँडिखेललाई मानव साङ्लोले घेरेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले गएकाे पुस ५ गते गरेको प्रतिनिधि सभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहको नेकपाले तीन चरणका विरोध तथा सङ्घर्षका कार्यक्रम सम्पन्न गरिसकेको छ ।

चौथो चरणको सङ्घर्षको कार्यक्रमअन्तर्गत बिहीवार काठमाण्डाैकाे टुँडिखेललाई मानव साङ्लोले घेरेर प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमको विरोध गरेको हो । नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य तथा केन्द्रीय सङ्घर्ष समितिका सहसंयोजक योगेश भट्टराईले प्रतिगमन तथा असंवैधानिक कदमका विरुद्ध टुँडिखेलमा मानव साङ्लोले घेरिएको बताउनुभयो ।

मानव साङ्लोमा नेकपाका नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रतिनिधि सभाको असंवैधानिक कदम खारेज गर, भ्रष्टाचारीलाई कारबाही गर, बलात्कारीलाई कारबाही गर, प्रतिगमन मुर्दावादलगायतका विभिन्न प्लेकार्ड तथा ब्यानरहरू प्रस्तुत गरिएका थिए भने नेता कार्यकर्ताहरूले पार्टीको झण्डा र सूर्य चिह्न पनि बोकेका थिए । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया