निर्वाचन आयोगले पाँचौं निर्वाचन दिवस मनाउँदै

 फागुन ७, २०७७ शुक्रबार ७:२९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ‘निर्वाचनमा सबै, सधैँ, सँगै’ भन्ने नाराका साथ निर्वाचन आयोगले आज पाँचौं निर्वाचन दिवस मनाउँदैछ ।

नेपालमा २०१५ साल फागुन ७ गते आम चुनाव सुरु भएर बालिग नेपालीले मताधिकारको उपयोग गर्न पाएको दिनलाई स्मरण गरेर २०७३ सालदेखि फागुन ७ गतेलाई निर्वाचन दिवसका रुपमा मनाउने गरिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आउँदाे वैशाख १७ गते हुने प्रतिनिधिसभा सदस्यको चुनावमा सक्रियतापूर्वक सहभागी हुन आह्वान गर्नुभएको छ । नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, नागरिकमा निहित सार्वभौमसत्ता, बालिग मताधिकार, आवधिक निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा चुनावको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रणको संवैधानिक जिम्मेवारी आयोगले प्राप्त गरेको छ ।

आयोगले चुनावको व्यवस्थापनको साढे छ दशक लामो अनुभव र संवैधानिक निकायको हैसियतमा आफ्नाे स्थापनाका ५४ वर्ष पूरा गरिसकेको छ । प्रमुख आयुक्त थपलियाले निर्वाचनको यात्रामा संवैधानिक गतिशीलताअनुरूप आयोगलाई निरन्तर अगाडि बढ्न योगदान, प्रेरणा, सहयोग र हौसला प्रदान गर्नुहुने अग्रजको मेहनत, परिश्रम, साहस र दृढताको सम्मान एवं प्रशंसा गर्नुभएको छ ।

आउँदो चुनाव पहिलो चरणमा वैशाख १७ गते र २७ गतेका लागि तोकिएको छ । चुनावका लागि झण्डै एक करोड ६३ लाख मतदाता अद्यावधिक भएको र २० हजार मतदान केन्द्र रहने जनाइएको छ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया