भागरथीकाे हत्या भएको १७ औं दिनमा आज दाहसंस्कार हुँदै, गोठालापानीबाट सेरासम्म शवयात्रा हुने

 फागुन ७, २०७७ शुक्रबार १०:३७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षकी भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ ।

हत्या भएको १७ औं दिनमा उनको दाहसंस्कार गर्न लागिएको हो । भागरथीका परिवारले दोषी पत्ता लगाउन र दोषीलाई कारबाहीको माग गर्दै शव बुझ मानेको थिएन । प्रहरीले १३ औं दिनमा भागरथीको हत्याको आरोपमा त्यहीँ ठाउँका दीपक भट्टलाई प्रक्राउ गरी सार्वजनिक गरिसकेको छ ।

दीपकले हत्या गरेको मात्रै बयान दिएपछि भागरथीको परिवारले बलात्कारमा संलग्न व्यक्तिको पनि खोजी गर्न माग गर्दै शव बुझ्न मानेको थिएन । तर हिजो दीपकले भागरथीको बलात्कारपछि हत्या गरेको बयान दिएपछि परिवारले शव बुझ्न लागेको हो । भागरथीको शव जिल्ला अस्पताल बैतडीमा राखिएको छ ।

गोठलापानीबाट सेरासम्म शवयात्रा हुने र सेरामा रहेको महाकाली नदीको छेउको आर्यघाटमा अन्तिम संस्कार गरिने तयारी छ । गएको माघ २१ गते विद्यालयबाट घर जाने क्रममा भागरथीको हत्या भएको थियो भने २२ गते शव भेटिएको थियो । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया