बर्दियामा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयाे

 फागुन ८, २०७७ शनिबार ७:४:५९ | भावुक योगी
unn.prixa.net

बर्दिया - बर्दियाको ठाकुरबाबा नगरपालिका-५ शाहीपुर बजारमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।

भुरिगाउँ गुलरिया हुलाकी सडकखण्डमा भे १ क १४८८ नम्बरको टिप्परको ठक्करबाट भे १० प २६४७ नम्बरको मोटरसाइकल चालक कोहलपुर ८ घर भइ नेपाली सेनामा कार्यरत नवराज बुढाथोकीको ज्यान गएको हो।

मोटरसाइकललाई ठक्कर दिए लगत्तै टिप्पर भागेको प्रहरीले जनाएकाे छ । दुर्घटनास्थलदेखि झण्डै ५ किलोमिटर पश्चिम बेलुवा माचड चोक नजिक टिप्पर छाडेर चालक भागेका जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी हेम शाहीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया