मैलुङ-स्याफ्रुबेंसी सडकको स्तरोन्नतिको काम १५ प्रतिशत सम्पन्न

 फागुन ८, २०७७ शनिबार ९:२५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - रसुवागढी नाका जोड्ने मैलुङ-स्याफ्रुबेंसी सडकखण्डको स्तरोन्नतिको काम १५ प्रतिशत सकिएको छ ।

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको यो सडकखण्डको स्तरोन्नतिको काम गएको तिहारपछि सुरु भएको थियो ।

गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी-रसुवागढी सडक योजनाले २०७९ माघमा सम्पन्न गर्ने गरी काम सुरु गरेको हो । योजनाले पहिलो चरणमा सडक चौडा बनाउने, नाला बनाउने तथा टेवा पर्खाल लगाउने काम गरिरहेको छ । सडक चौडा बनाउने काम ६५ प्रतिशत सकिएको योजना प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो ।

काम सुरु भएपछि समस्या नआएका कारण स्तरोन्नतिले गति लिएको उहाँको भनाइ छ । ‘अहिले स्तरोन्नति भएको सडक बर्खामा कति जोगाउन सकिन्छ भनेर आँकलन गर्न सकिएको छैन’, उहाँले भन्नुभयो, ‘अहिले निर्माण कार्यमा कुनै पनि अवरोध छैन ।’ मैलुङदेखि स्याफ्रुबेंसीको दूरी १९ किलोमिटर रहेको छ । २०७५ साल जेठ ६ गते मैलुङ-स्याफ्रुबेंसी सडकको ट्रयाक खोल्ने कार्य सकिएको थियो ।

‘हामीले सडक स्तरोन्नतिको काम निर्धारित समय अगाडि नै सकाउने गरी काम अघि बढाइरहेका छौं,’ उहाँले भन्नुभयो, ‘यसका लागि हामीले ठेकेदारलाई निर्देशन दिने, ताकेता गर्ने तथा अनुगमन गर्ने काम गरिरहेका छौँ ।’ त्रिदेशीय व्यापारमा सहज बनाउनका लागि सडकको निर्माण गरिएको हो ।

यो सडक बेत्रावती, कालीकास्थान धुन्चे हुँदै स्याफ्रुबेंसी जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो छ । बेत्रावती कालीकास्थान धुन्चे हुँदै स्याफ्रुबेंसी पुग्न ५४ किलोमिटर रहेको छ । बेत्रावती मैलुङ-स्याफ्रुबेंसीको दूरी २९ किलोमिटर मात्रै छ । 

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया