कोरोना बीमा गर्नेहरूले दुःख पाएकाेप्रति सरकारको ध्यानाकर्षण

 फागुन १०, २०७७ सोमबार १५:४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले कोरोना बीमा दाबी गरेकाहरूले सहज सेवा नपाएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बीमा सम्बन्धमा जरुरी सार्वजनिक सूचना निकालेर बीमितहरू विभिन्न सङ्घ–संस्थामा दौडधुप गर्नुपर्दा अनावश्यक दुःख पाएको भन्दै दाबीका लागि प्रक्रियामा रहेका वा प्रमाणीकरण भएका बीमितहरूको विवरण सार्वजनिक रूपमा अद्यावधिक गर्न बीमा कम्पनीहरूलाई अनुरोध गरेको छ । 

यस्तै मन्त्रालयले केही प्रयोगशालाहरूले कोरोना परीक्षणको विवरण इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामा नपठाएको भन्दै तत्कालै पठाउन भनेको छ । विवरण नपठाएको कारण रुजु गर्दा नमिलेर बीमितले रकम नपाएमा सम्बन्धित प्रयोगशाला जिम्मेवार हुनुपर्ने भन्दै मन्त्रालयले प्रयोगशालाको सम्बन्धन खारेज गर्ने चेतावनीसमेत दिएको छ । 

कोरोना बीमा दाबी रकमको प्रमाणीकरण गर्न गठन भएको टोलीले प्राप्त गरेका १८ हजारभन्दा धेरै विवरणमध्ये १५ हजारभन्दा धेरैको प्रमाणीकरण भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया