नेकपा एमालेको प्रतिनिधि परिषद् बैठक शुरु
बैशाख ८, २०८१ शनिबार
कञ्चनपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मलाका हत्यारालाई कारबाही गर्न दृढताका साथ अगाडि बढ्नुपर्ने बताउनुभएको छ । सोमबार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले कहिलेकाहीँ कसैको व्यक्तिगत स्वार्थका लागि अनुसन्धानलाई मोड्न खोजिने गरेको बताउँदै निर्मलको घटनामा संलग्नलाई कारबाही गर्न दृढताका साथ लाग्नुपर्ने बताउनुभयो ।
‘हामी अब दृढताका साथ अगाडि बढ्नुपर्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कसैले दबाब दियो, गलत बाटो हिँडाउन खोज्यो भने त्यो गलत बाटो हिँड्नुपर्ने छैन ।’
समाजमा विकृत मनस्थिति भएका व्यक्तिका कारण बलात्कार र हत्याका घटना हुने गरेको बताउँदै उहाँले बैतडीकी किशोरी भागरथी भट्टको हत्यारा पत्ता लगाउन सफल भएकोमा सुरक्षा निकायलाई धन्यवाद व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले कतिपयले यस्ता घटनामा राजनीति गर्न खोजेको आरोप लगाउँदै बैतडीका स्थानीय, प्रशासन, राजनीतिक कार्यकर्ता र सामाजिक अभियन्ताको सहयोगले नेपाल प्रहरी अनुसन्धानमा सफल भएको बताउनुभयो ।
उहाँले आन्दोलन र दबाबका कारण अपराधीलाई छुट दिन नहुने बताउँदै दोषीलाई कानुनी कठघरमा ल्याइने बताउनुभयो । प्रधानमन्त्री ओलीले समाजमा शान्ति–सुरक्षा कायम गर्ने, पीडितलाई न्याय र अपराधीलाई दण्ड दिने काम सरकारको भएको उल्लेख गर्दै त्यो अहिले भइरहेको दाबी गर्नुभयो ।
Kaji
Feb. 22, 2021, 7:17 p.m.यो आदेशको लागि हजुरलाई यहाँ सम्म आऊनै पर्ने भयो? बिचरा बिरामीलाई।