साउदी जाँदै हुनुहुन्छ  ? साउदीले लागू गरेका नयाँ नियम थाहा पाउनुहोस्

 फागुन ११, २०७७ मंगलबार १६:४२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – के तपाईँ साउदी अरबमा रोजगारीका लागि पुनः प्रवेश भिसामा जाँदै हुनुहुन्छ ? यदि जाँदै हुनुहुन्छ भने साउदी सरकारले लागू गरेको नयाँ नियम थाहा पाउनुहोस् । 

साउदी सरकारले साउदीबाट पुनः प्रवेश भिसामा अर्थात् बिदामा स्वदेश आएकाहरू भिसाको अवधिभित्रै काममा नफर्किएमा तीन वर्षसम्म साउदी प्रवेशमा प्रतिबन्ध लगाएको छ । तर जुन कम्पनीबाट पुनः प्रवेश भिसामा स्वदेश आएको हो त्यही कम्पनीमा नयाँ भिसामा जानका लागि अनुमति पाएमा भने कुनै बाधा पर्नेछैन । तर तोकिएको अवधि भित्र साउदी प्रवेश गरि सक्नु पर्नेछ ।

यस्तै पछिल्लो केही समययता साउदीमा फेरि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि  साउदी सरकारले स्वास्थ्य सुरक्षामा थप कडाइ गरेको छ । 

व्यापारिक मलहरूमा जाने हरेकले मलमा प्रवेश गर्नुअघि साउदी सरकारले उपलब्ध गराएको मोबाइल एप आफ्नो फोनमा अनिवार्य डाउनलोड गरेको हुनु पर्नेछ । यो एपले कोरोना सङ्क्रमण भएका व्यक्तिको आगमनको समेत ट्रयाकिङ् गर्छ ।

यस्तै साउदी सरकारले यसअघि मार्च ३१ बाट हवाई, स्थल तथा जलमार्गबाट हुने सम्पूर्ण आवागमन खुल्ला गर्ने निर्णय गरे पनि यो अवधि पुनः थप गर्दै मे १७, २०२१ सम्म पुर्‍याएको छ । 

यसैगरी विभिन्न २० देशबाट हुने आप्रवासीहरूको आगमनलाईसमेत अस्थायी रूपमा साउदीले स्थगित गरेको छ । भारत, पाकिस्तान, अर्जेन्टीना, ब्राजिल, लेबनान, पोर्चुगल टर्की, यूएई, अमेरिका लगायतका २० वटा देशबाट आप्रवासी, कूटनीतिज्ञ, स्वास्थ्यकर्मी र उनीहरूका परिवारहरू अर्को व्यवस्था नभएसम्म साउदी अरब प्रवेश गर्न पाउने छैनन् ।

नेपाललाई साउदीले प्रतिबन्ध नलगाए पनि यूएई लगायत साउदीले प्रतिबन्ध लगाएका देशबाट ट्रान्जिट भएर जान पाइने छैन ।

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया