म्याग्दीको पात्ले गाउँमा विद्युतीय सेवा विस्तार
असोज २८, २०८१ सोमबार
काठमाण्डाै – सरकारले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको तथ्याङ्क सच्याएको छ । बुधवार एकैदिन ६ सय १९ जनाको ज्यान गुमाएको तथ्याङ्क सार्वजनिक गर्दै अहिलेसम्म ज्यान गुमाउनेको तथ्याङ्क सच्याएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक सार्वजनिक गर्दै आएको विवरणमा कोरोना महामारीको व्यवस्थापन गरिरहेका अरू निकायहरूको तथ्याङ्कको आधारमा अद्यावधिक गर्दा ज्यान गुमाउनेको सङ्ख्या बढेको जनाएको छ ।
यसअघि नै शवको व्यवस्थापन गरिरहेको नेपाली सेनासँग भएको सङ्ख्याभन्दा सरकारले देखाएको मृतकको सङ्ख्या कम भएको विवरण सार्वजनिक भएको थियो । धेरै आलोचना भएपछि तथ्याङ्क फरक परेको बारेमा अध्ययन थालेको मन्त्रालयले बुधवार एकैदिन ६ सय १९ जना मृतकको विवरण थपेको हो ।
बुधवार थपिएको विवरणमा एक जनाले गएको २४ घण्टामा ज्यान गुमाएका र ६ सय १८ जनाले यसअघि नै ज्यान गुमाएर विवरण प्राप्त नभएकाहरू रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ६ सय ८४ पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।