सत्ता साझेदारीबारे प्रचण्ड - नेपाल समूह र जसपाका नेताहरुबीच छलफल

 फागुन १३, २०७७ बिहिबार १२:४७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच छलफल भएको छ ।

प्रतिनिधिसभा पुनःस्थापनासँगै अब बन्ने नयाँ सरकारका लागि सत्ता साझेदारीबारे छलफल भएको जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिनुभयो ।

हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेको नेकपाको प्रचण्ड-नेपाल समूहले आज जसपाका नेताहरुसँग छलफल गरेको हो । प्रचण्ड-नेपालका नेताहरुसँग भेट्न जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता महतो, नेता राजेन्द्र श्रेष्ठलगायत नेताहरु पेरिसडाँडा पुगेका थिए ।

प्रतिनिधिसभामा दुईजना निलम्बितबाहेक जसपाका ३२ जना सांसद रहेका छन् । छलफलका क्रममा संविधानमा पहिलेदेखि आफूहरुले नै राख्दै आएका असन्तुष्टिका मुद्दाहरुबारे पनि छलफल भएको वरिष्ठ नेता महतोले उज्यालोलाई बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया