चन्द्रागिरि नगर अस्पतालमा 'भेन्टिलेटर' सेवा सञ्चालनमा आउने

 पुष ४, २०८१ बिहीबार १५:२०:२९ | रासस
unn.prixa.net

काठमाण्डाै – चन्द्रागिरि नगर अस्पताल थानकोटमा ‘भेन्टिलेटर’ सेवा सञ्चालनमा आउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई जीवन रक्षार्थ उपयोग हुने अतिसंवेदशील उपकरण प्रदान गरेको हो ।

बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज आयोजित कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीलाई भेन्टिलेटर हस्तान्तरण गर्नुभयो ।

चन्द्रागिरि–४ का वडाध्यक्ष एवम् नगर प्रवक्ता कृष्णप्रसाद खड्गीका अनुसार  विं. सं. २०७६ वैशाख २८ गतेदेखि चन्द्रागिरि–४ थानकोटामा सञ्चालित १५ शय्याको  नगर अस्पतालले प्रयोगशाला, चौबीसै घण्टा आकस्मिक सेवासहित बर्थिङ सेवा प्रदान गरिरहेको छ । साथै अस्पतालले मुटुरोग जाँच, परिवार नियोजन सेवा, ज्येष्ठ नागरिक, विपन्न तथा अपाङ्गता भएकालाई निःशुल्क सेवा एवम् मिर्गाैलाका बिरामीका लागि डायलाइसिस सेवा सञ्चालनको तयारी गरेको छ ।

यस्तै चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रमा सामुदायिक नर्स कार्यक्रम सञ्चालन गरिरहेको छ । यस कार्यक्रमबाट मानसिक स्वास्थ्य, स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, पाँच वर्षमुनिका बालबालिकाको पोषणलगायतको स्क्रिनिङ, परामर्श, गर्भवती, सुत्केरी घरभेट, स्वास्थ्य शिक्षा तथा जनचेतना सेवा प्रदान भइरहेको छ ।

चन्द्रागिरि–४ थानकोटमा नै जर्मन सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा एक अर्ब रुपैयाँको लागतमा प्रसूति विशेषज्ञ अस्पतालसमेत निर्माण हुँदैछ ।

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया