कर्णालीलाई हराउँदै जनकपुर एनपीएलकाे फाइनलमा
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय बैंकहरू कठिन परिस्थितिमा चलिरहेका बताउनुभएको छ । नेपाल बैंकर्स सङ्घको साधारणसभालाई आज सम्बोधन गर्दै गभर्नर अधिकारीले बैंकहरूले ऋणीहरूसँग ऋणको सावाँ–ब्याज उठाउन नसक्दा समस्यामा परेका उल्लेख गर्नुभयो ।
गभर्नर अधिकारीले बैंकिङ क्षेत्रमा वित्तीय कारोबारको काम गर्दा प्रशस्त चुनौतीहरू रहेको बताउनुभयो । उहाँले राष्ट्र बैंकको नीति वित्तीय स्थायित्व र आर्थिक वृद्धि गर्न सघाउने खालका रहेको पनि दाबी गर्नुभयो ।
गर्भनर अधिकारीले बैंकिङ क्षेत्रप्रति राष्ट्र बैंकले गौरव गर्ने भन्दै नेपालको बैंकिङ अभ्यास पारदर्शी रहेको उल्लेख गर्नुभयाे । उहाँले बैंकहरूमा पछिल्लो समय पूँजी राम्रो भए पनि निष्क्रिय कर्जा बढेको बताउनुभयो ।
गभर्नर अधिकारीले राष्ट्र बैंककाे प्रोभिजनिङको व्यवस्थाले बैंकहरूलाई बलियो बनाउँदै बैंकलाई बचाउन मद्दत गर्ने उल्लेख गर्नुभयो । उहाँले बैंकको लाभांश क्षमता राष्ट्र बैंकको कारणले नभएर बैंकको आफ्नै कारणले दिन नसकेको बनाउनुभयो ।
अधिकारीले ऋण नतिरे पनि हुन्छ भन्ने हल्लाका कारण तल्लो तहका बैंकका शाखाहरूबाट काम हुन नसकेको पनि उल्लेख गर्नुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।