मलेसियामा समस्या परेको छ ? अब अनलाइनबाटै दूतावासमा गुनासो टिपाउनुहोस्

 फागुन १३, २०७७ बिहिबार १५:१५:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – के तपाईं मलेसियामा हुनुहुन्छ ? कुनै समस्या समस्या परेको छ ? यदि छ भने अब अनलाइनबाटै दूतावासमा आफ्नो समस्या र गुनासो टिपाउनुहोस् ।

अब श्रमिकले आफ्ना समस्या दूतावासको वेबसाइटबाटै राख्न मिल्ने व्यवस्था गरिएको छ । गुनासो या आफ्नो समस्या राख्न दूतावासको वेबसाइट https://my.nepalembassy.gov.np  मा जाने र त्यहाँ ‘श्रमिक जानकारी’मा क्लिक गर्ने । त्यहाँ क्लिक गरेपछि श्रमिक गुनासो भन्ने फाइलमा गइ गुनासो राख्न सकिने दूतावासले जनाएको छ ।

यसरी गुनासो गर्न निकै सजिलो छ । श्रमिकले आफ्नो नाम र पासपोर्ट नम्बर, आफ्नो सम्पर्क नम्बर, रोजगारदाताको परिचय लगायत सामान्य जानकारी राखिसकेपछि आफ्नो समस्या राखेर पेश गर्न सकिन्छ । यति गरेपछि दूतावासले तपाईंका समस्या समाधानको लागि तपाईंसँग सम्पर्क गर्नेछ । त्यसैले सम्पर्क नम्बर वा इमेल आईडी सही राख्नुपर्ने हुन्छ ।

यस्तै इमेल आईडी [email protected][email protected] मार्फत पनि आफ्ना गुनासा राख्न सकिने दूतावासले जनाएको छ । योबाहेक दूतावासकाे फोन नम्बर ०३-२०२०१८९८ र ०३-२०२०१८९९ र ०३-२०२०१९०१ र हटलाइन नम्बर ०१६ २४७२७७७ मा फान गरेर पनि आफ्ना गुनासा टिपाउन सकिन्छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया