गैँडा मारेर खाग तस्करी गरेकाे आराेपमा काठमाण्डौबाट तीन जना पक्राउ

 फागुन १३, २०७७ बिहिबार १८:७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गैँडा मारेर खाग तस्करी गरेको आरोपमा प्रहरीले काठमाण्डौबाट तीन जनालाई पक्राउ गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मारेर खाग बिक्री गरेको मुद्दामा धापासीबाट पुरन रेउले र सीतापाइलाबाट आइत तामाङ र ज्वाला भनिने ज्ञानबहादुर रुम्बालाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।

उनीहरूको साथबाट गैँडाको खाग ओसारपसारमा प्रयोग गरेको ना २ च १४५८ नम्बरको गाडी पनि बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई प्रहरीले चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवनमा पठाएको छ ।

यसै मुद्दामा संलग्न रहेका अन्य चार जना अभियुक्तलाई यसअघि नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया