काठमाण्डौको तारकेश्वर र सुर्खेतको वीरेन्द्रनगरमा फेरि बर्ड फ्लू

 फागुन १४, २०७७ शुक्रबार १२:७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाैको तारकेश्वर नगरपालिका र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा फेरि बर्ड फ्लू पुष्टि भएको छ ।

पशुपक्षी परीक्षण रोग अन्वेषण प्रयोगशालामा पीसीआर परीक्षण गर्दा तारकेश्वर नगरपालिका-१ मा पालिएका व्यावसायिक फार्ममा बर्ड फ्लू पुष्टि भएको पशुसेवा विभागले जनाएको छ । यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा पनि बर्ड फ्लू पुष्टि भएको विभागका प्रवक्ता चन्द्र ढकालले जानकारी दिनुभयो ।

बर्ड फ्लूको सङ्क्रमण पुष्टि भएका ठाउँका झण्डै १५ हजार कुखुरा नष्ट गरिएको छ । विभागकाअनुसार ५ हजार ६ सय ५७ वटा लेयर्स कुखुरा, ७ हजार २ सय ३६ वटा ब्रोइलर कुखुरा, २ हजार ५ सय ४ वटा लोकल कुखुरा, ५० वटा टर्की, १६ वटा बट्टाई, ३ हजार ५ सय ७० वटा अण्डा र ३ हजार किलो दाना नष्ट गरिएको छ ।

विभागले विज्ञप्ति निकालेर देशका केही ठाउँमा बर्ड फ्लूको सङ्क्रमण पुष्टि भएसँगै देशभर सघन निगरानी बढाइएको जनाएको छ । यस्तै विभागले सम्भावित खतरालाई ध्यानमा राखेर जैविक सुरक्षा अपनाउन, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन, घरपालुवा पक्षीलाई जंगली पक्षीहरुको सम्पर्कमा आउन नदिनेलगायतका कुरामा ध्यान दिन आग्रह गरेको छ ।
 

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया