५२ सीडीओको सरुवा/पदस्थापन (सूचीसहित)

 फागुन १४, २०७७ शुक्रबार १८:४७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा सहायक  प्रजिअ (सहसचिव र उपसचिव) को सरुवा र पदस्थापन गरेको छ । शुक्रवार गृह मन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट ५२ जना सीडीओहरूकाे सरुवा र पदस्थापन गर्ने निर्णय गर्नुभएको हो । 

गृहका अनुसार सिन्धुलीका प्रमुख जिल्ला अधिकारीको पाल्पामा सरुवा भएको छ, बाग्लुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको सिन्धुली सरुवा भएको छ । 

त्यस्तै गृह मन्त्रालयका कार्यरत शालिग्राम शर्मा पौडेललाई प्रमुख जिल्ला अधिकारीका रुपमा गोरखामा सरुवा गरिएको छ । गृह मन्त्रालयमै कार्यरत अरुण पोखरेललाई सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीका रुपमा पदस्थापन गरिएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया