साइबर ब्युरोको लोगो राखेर नक्कली फेसबुक पेज बनाउने एक जना पक्राउ

 फागुन १६, २०७७ आइतबार १५:५५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – नेपाल प्रहरीको साइबर ब्युरोको लोगो प्रयोग गरी नक्कली फेसबुक पेज बनाएर जथाभाबी गर्ने एक जना पक्राउ परेका छन् ।

साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाएर नागरिकलाई भ्रममा पार्ने र आपराधिक लाभसमेत लिन खोजेको आरोपमा कपिलवस्तुको वाणगङ्गा घर भइ रुपन्देहीको सैनामैना नगरपालिका बस्ने प्रत्ज्वल पोख्रेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पाेख्रेललाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार मुद्दा चलाइने साइबर ब्युरोले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया