काेराेनाका कारण विदेशमा थप ३ जना नेपालीको ज्यान गयाे

 फागुन १६, २०७७ आइतबार १७:३३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोनाकाे सङ्क्रमणबाट विदेशमा यो हप्ता थप ३ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो हप्ता यूएईमा दुई र  पोर्चुगलमा एक जनाको सङ्क्रमणबाट ज्यान गएको हो । यो सहित २१ देशमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या ३ सय ३९ जना पुगेको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार  शनिबार साँझसम्म विभिन्न ५३ देशमा रहेका ६२  हजार ४ सय १ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ६० हजार १ सय २४ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत छ ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार यो हप्ता पोर्चुगल, फ्रान्स, यूएई, साउदी अरब, कतारमा रहेका थप नेपालीहरुमा कोरोना सङ्क्रमण देखिएको छ । यो हप्ता इटाली, युक्रेनका नेपालीमा पहिलो पटक सङ्क्रमण देखिएको हो ।

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया