प्रधानमन्त्री ओलीकाे चुनाैती : ‘अविश्वास प्रस्ताव पारित गरेर देखाउनुस्’

 फागुन १६, २०७७ आइतबार १८:८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापनाको स्वागत गर्दै अविश्वास प्रस्ताव पारित गरेर देखाउन नेकपाकाे प्रचण्ड–माधव समूहलाई चुनौती दिनुभएकाे छ । 

कमल गाउँपालिका मा नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्ताे बताउनुभएकाे हाे । उहाँले आफू अदालतले फैसला गरिदिएर प्रधानमन्त्री बन्ने बाटामा नभएको जनाउँदै प्रधानमन्त्रीले नागरिकको आशीर्वाद लिएर आउँदाे चुनावमा दुई तिहाइको सरकार बनाएरै छाड्ने बताउनुभयो ।

औद्योगिक पार्क निर्माणमा सहकार्य गरेकामा चिनियाँ सरकार र नागरिकलाई प्रधानमन्त्री ओलीले धन्यवाद दिनुभयो ।

कार्यक्रममा उहाँले एकैदिन पाँच पुलको उद्घाटन र ३१ पुलको शिलान्यास हुनाले विकासले तीव्र गति लिएको सबैको सामु छर्लङ्ग भएको बताउनुभयो । अहिले मासिक तीन हजार रुपैयाँ रहेको ज्येष्ठ नागरिकको भत्ता अरू बढाइने पनि उहाँले घोषणा गर्नुभयो । 

नेपाललाई गरिब देशबाट स्तरोन्नति गरेर विकासशील देशमा सिफारिस गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशलाई आत्मनिर्भर बनाउने अभियान आफ्नो प्राथमिकता रहेको बताउनुभयो ।  

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया