प्रधानमन्त्री ओली आज पोखरा जाँदै

 फागुन १७, २०७७ सोमबार ८:५७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदै हुनुहुन्छ ।

पोखरामा उहाँले गण्डकी प्रदेश सरकारले बनाउन लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको शिलान्यास गर्ने कार्यक्रम छ । यस्तै पार्टीको प्रदेशस्तरीय अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन पनि गर्ने प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ ।

यसअघि हिजो प्रधानमन्त्री ओली ‘नेपाल-चीनमैत्री औद्योगिक पार्क’ शिलान्यास गर्न गृहजिल्ला झापा जानु भएको थियो ।

झापाको कमल गाउँपालिकामा भएको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई अविश्वासको प्रस्तावबाट हटाउन प्रचण्ड- नेपाल समूहलाई चुनौती दिनुभएको थियो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया