‘मरिसकेको मान्छेको कथा’ अब युट्युबमा (भिडियोसहित)

 फागुन १८, २०७७ मंगलबार १९:४२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उज्यालो मल्टिमिडियाले तयार पारेको वृत्तचित्र ‘मरिसकेको मान्छे’ अब युट्युबमा हेर्न पाइने भएको छ ।

उज्यालोको युट्युब च्यानल उज्यालो टीभी र हेर्ने कथाको युट्युब च्यानलमा यो वृत्तचित्र हेर्न सकिने छ । ‘मरिसकेको मान्छे’ मरे भनेर काजकिरिया भइसकेका तर जिउँदै फर्केका र बाँचे भनेर आश गरिएका मानिस पहिले नै मरेको मानिसको कथा हो ।

पूर्वको मोरङ र पश्चिमको बागलुङका अपरिचित दुई परिवारलाई साउदीमा भएको एक सडक दुर्घटनाले एकै ठाउँमा भेटाउँछ । दुर्घटनामा एक परिवारले आफन्त गुमाउँछन् । तर लास साटिँदा दुवै परिवारले आफन्त गुमाउनुको पीडा भोग्नुपर्छ ।

मरिसकेको भनेका मानिस जिउँदै जहाज चढेर घर फर्किन्छन् भने जिउँदै छन् भनेका मानिसको आफन्तले लाससमेत देख्न पाउँदैनन् । आफन्त गुमाउँदाको पीडा र मरिसकेको मानिस फेरि फर्किएर आउँदाको खुसी यो वृत्तचित्रमा देखाइएको छ ।

यो वृत्तचित्रमा समेटिएका विषय उज्यालो अनलाइनमा सन्जिता देवकोटाले लेख्नुभएको हो भने हेर्ने कथाका विद्या चापागाईँ र कमलकुमारले वृत्तचित्रको निर्देशन गर्नुभएको हो । यो वृत्तचित्रले १५ औँ काठमाण्डौ इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)मा ‘नेपाल पानारोमा बेस्ट डकुमेन्ट्री अवार्ड जितेको थियो । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Dr. Sugam Jung K. C.

    March 3, 2021, 9:02 a.m.

    बेवारिसे शवको पहिचान हाम्रो अभियान, शान्तिपूर्ण धर्नाको आज "५३ औं दिन" माइतीघर मण्डलामा (बिहानी १०-१२ सम्म)

  •  0 Reply

तपाईको प्रतिक्रिया