सरकार र विप्लव समूहबीच वार्ताका लागि टाेली गठन भएकाेप्रति कांग्रेस सकारात्मक

 फागुन १८, २०७७ मंगलबार १८:४२:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसले सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वबीच वार्ताका लागि टोली गठन भएकोप्रति सकारात्मक देखिएकाे छ । 

प्रेस विज्ञप्तिमार्फत कांग्रेसले दुवै टोलीलाई इमानदार र वार्ताबाट समाधानमा पुग्न आग्रह गरेको छ । 

‘सरकार र विप्लव समूहले इमानदारीपूर्वक बहुलवादमा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक, संसदीय शासन प्रणालीको परिधिभित्र रही समाधान खोज्ने छन् भन्ने नेपाली कांग्रेसले विश्वास लिएको छ’, विज्ञप्तिमा भनिएको छ । 

मङ्गलवार नै विप्लव समूहसँग औपचारिक वार्ता गर्न सरकारले गृह मन्त्री रामबहादुर थापाको संयोजकत्वमा दुई सदस्यीय वार्ता समिति गठन गरिएको छ । समितिमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डाक्टर राजन भट्टराई सदस्य रहनुभएको छ ।

त्यस्तै सरकारसँग वार्ताका लागि विप्लव समूहले पार्टी प्रवक्ता एवं केन्द्रीय समिति सचिवालय सदस्य खड्कबहादुर विश्वकर्मा 'प्रकाण्ड' को नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । महासचिव नेत्रविक्रम चन्दले विज्ञप्ति निकालेर राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधिनताका विषयमा वार्तामा बस्न आफूहरू तयार रहेको र त्यसका लागि दुई सदस्यीय समिति गठन गरिएको जानकारी गराउनुभएको छ ।  

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया