ज्येष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप : उमेर खुल्ने परिचयपत्र बोक्न आग्रह

 फागुन २०, २०७७ बिहिबार १३:४६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आउँदो आइतबारदेखि सुरु हुने दोस्रो चरणको खोप अभियान २० दिनसम्म चल्ने भएको छ ।

पहिलो १० दिनमा ६५ वर्षभन्दा माथिका र त्यसपछिका १० दिनमा ५५ वर्षदेखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप लगाउने व्यक्तिहरुले उमेर खुल्ने परिचयपत्र तथा स्थानीय निकायको सिफारिस लिएर खोप केन्द्रमा जानुपर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर  जागेश्वर गौतमले बताउनुभयो ।

उहाँले कोरोना भाइरस विरुद्धको खोप विश्व स्वास्थ्य संगठनले पनि प्रयोगका लागि अनुमति दिइसकेको भन्दै कोभिसिल्ड खोप सुरक्षित भएको बताउनुभयो । यस्तै, विज्ञले कोरोना विरुद्ध खोप लगाउन ज्येष्ठ नागरिकलाई सहयोग गरिदिन आग्रह गरेका छन् ।

खोप सुरक्षित रहेकाले ढुक्क हुन उनीहरुको आग्रह छ ।  कोभिसिल्ड खोपको दुई मात्रा लगाउनु पर्छ । खोपको पहिलो डोज लगाइसकेका व्यक्तिले पहिलो डोज लगाएको ८ देखि १२ हप्तामा दोस्रो डोज लगाउनुपर्छ । खोप लगाएपछि खोप लगाएको ठाउँमा दुख्ने, शरीर दुख्ने, थकाइ लाग्ने जस्ता सामान्य लक्षण देखिने र यस्ता लक्षण केही समयमा ठीक भएर जाने भन्दै ढुक्क भएर खोप लगाउन विज्ञको आग्रह छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया