गुल्मीकी सम्झना बाेहाेराकाे हत्या गर्ने व्यक्ति सार्वजनिक

 फागुन २०, २०७७ बिहिबार १६:३४:९ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीको रेसुङ्गा नगरपालिका ३ भाडगाउँमा २२ वर्षीय सम्झना बोहोरा क्षेत्रीको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । रेसुङ्गा नगरपालिका ३ भाडगाउँका ४७ वर्षीय लालबहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले बिहीवार सार्वजनिक गरेको हो । खत्रीले गएको माघ २९ गते राति आफू र सम्झनाकी सासुआमा टोमकला खत्री मिलेर सम्झनाको हत्या गरेको प्रारम्भिक बयानका क्रममा प्रहरीलाई बताएका छन् । 

घरबाट बेपत्ता भएको १७ दिनमा खत्रीले बारीमा घाँस काट्न जाँदा केही गन्ध आएको भनेर प्रहरीमा खबर गरेका थिए । खोजी गर्ने क्रममा घर नजिकै सडेर गलेको अवस्थामा प्रहरीले सम्झनाको शव फेला पारेको थियो । शव फेला पारेकै दिन प्रहरीले हत्याको आशङ्कामा उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । सम्झनाको हत्या भएको २० दिनपछि प्रहरीले हत्यारा पत्ता लगाइ सार्वजनिक गरेको हो ।

प्रहरीले लालबहादुर खत्रीको नाममा गुल्मी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताउनुभएको छ । 

सम्झनाको हत्या के कारणले भयो र के कारणले उनकी सासुले झुण्डिएर आत्महत्या गरिन् भन्नेबारेमा थप कुरा अनुसन्धानपछि फेरि सार्वजनिक गर्ने प्रहरीले बताएको छ ।  

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया