प्रधानमन्त्री ओली र 'विप्लव' ले राष्ट्रिय सभा गृहमा संयुक्त सम्बोधन गर्दै

सम्बोधनअघि बालुवाटारमा ओली र 'विप्लव' बीच भेटवार्ता

 फागुन २१, २०७७ शुक्रबार १५:०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले संयुक्त सम्बोधन गर्दै हुनुहुन्छ । राष्ट्रिय सभा गृहमा भइरहेकाे विशेष समारोहलाई प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ ।

कार्यक्रममा सरकार र विप्लव समूहबीच भएको सहमतिमा हस्ताक्षर हुनेछ । सरकार र विप्लव समूहबीच बिहीवार भएको तीन बुँदे सहमतिमा हस्ताक्षर तथा विस्तृत विवरण सार्वजनिक गरिने सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईले बताउनुभयो ।

सम्बोधनअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । शुक्रवार नवलपरासीबाट काठमाण्डौ आउनुभएका विप्लवले प्रधानमन्त्री ओलीलाई भेट्नुभएको हो । 

अन्तिम अपडेट: जेठ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया