सहमति पालना गर्न प्रतिबद्ध छौँ : नेत्रविक्रम चन्द 'विप्लव'

 फागुन २१, २०७७ शुक्रबार १५:३८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेत्रविक्रम चन्द विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले सरकार र आफ्नो पार्टीबीच भएको तीन बुँदे सहमति पालना गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय सभा गृहमा भएको सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा सम्बोधन गर्दै महासचिव विप्लवले तीन बुँदे सहमतिमा आशङ्का नगर्न आग्रह गर्नुभयो ।

उहाँले सहमतिलाई कुतर्क र उत्तेजना नगर्न पनि आग्रह गर्नुभएको छ । नेपाललाई आत्मनिर्भर, स्वाधीन र सुन्दर देश बनाउने सपना पूरा गर्न आफूहरू लागिपरेको पनि उहाँले बताउनुभयो ।

शुक्रवार नै सरकार र नेत्र विक्रम चन्द विप्लव समूहबीच भएको तीन बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्री रामबहादुर थापा र विप्लव समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्माले सहमतिमा संयुक्त रूपमा हस्ताक्षर गर्नुभएको हो ।

सहमतिमा सरकार र विप्लव समूहबीच राजनीतिक विषयहरूको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरू समेटिएका छन् । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया