कर्णालीलाई हराउँदै जनकपुर एनपीएलकाे फाइनलमा
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – पछिल्लो राजनीतिक परिस्थितिबारे धारणा तय गर्न बसेको नेपाली कांग्रेस संसदीय दलको बैठक पर्ख र हेरकै द्विविधामा अलमलिएको छ ।
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा शुक्रवार बसेको संसदीय दल बैठक समसामयिक राजनीतिक विषयमा छलफल भए पनि निष्कर्षमा पुग्न सकेन । बिहीवार बसेको पदाधिकारी बैठकले संसदीय दलको बैठक पनि सांसदहरूको धारणाका आधारमा निष्कर्षमा पुग्ने निर्णय गरेको थियो तर शुक्रवार बसेको संसदीय दलमा २९ जना सांसदहरूले धारणा राखेको भए पनि राजनीतिक विषयमा लिने निर्णयबारे भने दल निष्कर्षमा पुग्न सकेन ।
आउँदाे आइतबारको प्रतिनिधि सभा बैठकमा नेकपाका सांसदहरूको भूमिकाको विश्लेषण गरेर मात्रै कांग्रेसले निर्णय गर्ने भएको छ । बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रमुख सचेतक बालकृष्ण खाँडले कांग्रेसले उचित समयमा उचित निर्णय लिने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘बैठक प्रारम्भ भएपछि बैठकभित्र राजनीतिक दलका साथीहरूले, खासगरी नेकपाका साथीहरूले कसरी आफूलाई प्रस्तुत गर्नुहुन्छ, ती सबै कुरालाई गम्भीरतापूर्वक समीक्षा र विश्लेषण गरेर कांग्रेसले उचित समयमा उचित निर्णय गर्छ ।’
बैठकले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले संविधानवाद र लोकतन्त्रको विजय भएको निष्कर्ष निकालेको छ ।
त्यसैगरी कोभिड–१९ को खोप सबैलाई दिने गरी बन्दोबस्त मिलाउन र कोभिडको समयदेखि बन्द भएका सीमा नाकाहरू स्वास्थ्य सतर्कताको मापदण्ड अपनाएर अविलम्ब सञ्चालनमा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।